site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । 

बुधबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले एमाले सरकारमा जान हतार नगर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । ओलीले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । 

“अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ । सूर्य अत्यन्त शक्तिशाली छ । नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरू हुन्, त्यसैबाट उछिट्टिएका । सूर्य त्यस्तो शक्तिशाली हो । त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले–कहिले ग्रहण लाग्छ । तर ग्रहण सधैँ त लाग्दैन नि,” उनले भने । 

एमालेलाई ग्रहण लगाउनका लागि अरु दल ठोक्किन आइपुगेको उनको भनाइ छ ।

“देशलाई पनि कहिले–कहिले ग्रहण लाग्छ । एउटा फुच्चे चन्द्रमाले सूर्यमा ग्रहण लगाइदिन्छ । यहाँ त आठ, १० वटा गठबन्धनेहरू छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ, दश वटा एक ठाउँ ठोक्किएर आएका छन्,” ओलीले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro