site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुमेरुको रकम हिनामिनाबारे अनुसन्धानमा सीआईबी, महर्जनविरुद्ध ‘डिफ्युजन नोटिस’का लागि पत्राचार
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।

सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको हो । महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । 

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट देखिएको छ । करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन् । उनी विदेश पुगेर लुकेको हुनसक्ने प्रहरीको अनुमान छ । 

सहकारीका बचतकर्ताकै रकमले महर्जनले धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सुमेरु हाउजिङ एन्ड डेभलपर्स, एसियन कलेज तथा शंखरापुर एकेडेमी, सुमेरु मेडिकल कलेज, सुमेरु ग्रुप अफ अर्गनाइजेसन, सुमेरु एग्रो, सुमेरु वृद्धाश्रम लगायतका करिब दुई दर्जन कम्पनी स्थापना गरेको अनुसन्धानबाट खुलेको छ ।

Global Ime bank

प्रहरीका अनुसार केही डमी संस्था खोलेर मर्हजनले सहकारीको रकम अपचलन गरेका हुन् । महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा मुख्य कार्यालय राखेर सुमेरु सहकारी सुरु गरेका थिए ।

सामान्य व्यवसाय गर्ने महर्जन सहकारी सुरु गरेपछि भने एकाएक चर्चामा आएका थिए । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई प्रभावमा पारेर उनले आफ्नो धन्दा विस्तार गरेका हुन् ।

एक वर्षअघिसम्म उनी ललितपुरमा समाजसेवीको रूपमा समेत चर्चामा थिए । तर, बचतकर्ताको रकम हिनामिनाको आरोप लागेपछि महर्जनका परिवारका अन्य सदस्यहरूले समेत नेपाल छाडेका छन् ।

महर्जनले सहकारीको रकम आफ्ना परिवारका सदस्यहरूको नाममा समेत राखेको दाबी प्रहरीको छ । हाल सुमेरु सहकारीको अध्यक्षमा हेमराज दाहाल छन् ।

पक्राउ गर्न इन्टरपोलको सहयोग
सहकारीको रकम हिनामिनामा जोडिएका महर्जन नेपालमा नरहेको निष्र्कषसहित सीआईबीले प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको छ ।

एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालयलाई डिफ्युजन नोटिसका लागि पत्राचार गरिसकेको छ । सीआईबीका एसएसपी दिनेश आर्चायले सुमेरु सहकारीको रकम ठगी प्रकरणको अनुसन्धान तीब्र पारेको पुष्टि गरे ।

सीआईबीले हाल गितेन्द्र राई (जीबी)ले हिनामिना गरेको पोखराको सूर्यदर्शन सहकारीमाथि समेत अनुसन्धान जारी राखेको छ ।

राईसहित सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध हाल इन्टरपोलले डिफ्युजन नोटिस जारी गरिसकेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महर्जनविरुद्ध पनि केही दिनभित्र डिफ्युजन नोटिस जारी हुनेछ ।

इन्टरपोलले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड नोटिस जारी गरेको छ ।

सहकारी ठगी प्रकरणका फरार आरोपी मेयर नेपाली नेपालमा फेला नपरेपछि उनीविरुद्ध रेड नोटिस जारी भएको हो । उनीमाथि बचतकर्ताको एक अर्ब ३१ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement