site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगठित रूपमा घेराबन्दीमा पार्ने षडयन्त्र भइरहेको छ : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संगठित रूपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन् । 

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सभापति लामिछानेले राज्य र विभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षड्यन्त्र सफल नहुने उल्लेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भए सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडि मात्रै लाग्ने काम भएको तर्क गरे । मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको धारणा राखे । आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।

त्यस्तै, लामिछानेले देश बनाउने मुद्दामा दलहका नेताहरूबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको पनि बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro