site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश बनाउन राष्ट्रिय प्रतिबद्धताको आवश्यकता : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न प्रतिबद्ध प्रयास चाहिने बताएका छन् ।

मंगलबार ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले देश बनाउनका लागि राष्ट्रिय प्रतिबद्धताको आवश्यकता औंल्याए । 

“वातावरणीय हिसाबले असाध्यै अनुकूल भएका देशहरू पनि बनेका छन् । मरुभूमी जस्ता देश पनि बनेका छन् । हाम्रो देश जसरी पनि बन्न सक्ने देश हो । प्रतिबद्धता मात्रै हुँदाखेरी । हामी बनाउन सक्छौँ । आज पनि हामीलाई राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ,” ओलीले भने । 

उनले निराशा, आक्रोश, उत्तेजना, दोष अरुमाथि थुपार्ने कुरा गरेर देश नबन्ने बताए । उनले अरु देशमा गएर बनाउन सकिन्छ भने आफ्नै देश बनाउन सकिँदैन भन्ने प्रश्न गरे । ४० प्रतिशत युवा र ६० प्रतिशत सक्रिय जनसंख्या भएको उर्वर रहेको सुनाए ।

“अलिक वर्ष हामी असफल भयौँ । यस्तै भयौँ भने जेष्ठ नागरिकको संख्या बढी भएको, आश्रित भएर खानेको संख्या बढी भएको । उत्पादनभन्दा खपत गर्नेको संख्या बढी हुन्छ,” ओलीले भने । 

उनले विकास नगरे राष्ट्र असफल हुने खतरा रहेको पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro