site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधानको प्रस्तावनामा झलनाथले उठाए प्रश्न 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको प्रस्तावित विधानको प्रस्तावनामा प्रश्न उठाएका छन् । केन्द्रीय परिषद्को बैठकमा उनले विधानको प्रस्तावनाको पहिलो वाक्यमा नै प्रश्न गरे । 

“नेपाल कम्युनिस्ट पार्टी आम नेपाली जनता तथा सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो,” प्रस्तावित विधानको पहिलो वाक्यमा भनिएको छ । 

उनले कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको बताए । 

“नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । यो एउटा वर्गको पार्टी हो । सबै वर्गको हुँदैन,” उनले भने, “आम जनताभन्दा श्रमजीवी, किसान, न्यून पुँजीपति वर्ग र निश्चित हदसम्म राष्ट्रिय पुँजीपति वर्ग पनि बुझ्छौँ ।” 

उनले प्रतिनित्व गर्नु र प्रतिनिधि हुन फरक कुरा भएकाले त्यसलाई सच्याउनुपर्ने बताए । त्यस्तै, प्रस्तावित विधानमा लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद भनेको विषयमा पनि प्रश्न तेर्साए । 

“के अहिलेसम्मका समाजहरू लोकतान्त्रिक मूल्यमान्यताविहीन थिए ? समाजवादी व्यवस्था अलोकतान्त्रिक हुन् ? हामी के अर्थमा लोकतान्त्रिक समाजवादको कुरा गर्छौं । यस्ता कुरालाई बिनाव्याख्या हाम्रो विधानमा राख्नु हुँदैन,” खनालले भने । 

त्यस्तै, उनले जबजको रक्षा गर्ने कुरामा पनि आपत्ति प्रकट गरे । जबजको कार्यक्रम हिजोको कार्यक्रम भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro