अर्थ व्यवसाय
काठमाडौं । सातोका दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से पसिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा पुगेको छ ।
यस दिन ३११ धितोपत्रका एक करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर चार अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा किनबेच भएको छ ।
१३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गरिमा डिभेन्चर २०८५ को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १५:२०
प्रतिक्रिया दिनुहोस्