site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिडिया आर्थिक मन्दीको मारमा छ : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले आर्थिक मन्दीको मारमा मिडिया परेको बताएका छन् । 

सोमबार सार्वजनिक प्रशारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै उनले विज्ञापन घट्दा मिडिया समस्यामा परेको बताए । उनले यसलाई समेटेर सरकारले नीति नियम बनाउनुपर्ने धारणा राखे । 

सांसद पन्तले दुई/चार मिडियाबाहेक अन्य मिडियाले कर्मचारीलाई तलब खुवाउन नसकेको बताए । पीडामा श्रमजीवी पत्रकार परेको धारणा उनको थियो । 

“यहाँ भएका केही पत्रकारबाहेक अधिकांशले महिनौ तलब पाउनुभएको छैन, साथीहरूले नभने पनि,” उनले भने, “विज्ञापनको मारमा सञ्चारमाध्यम छ । अनलाइनमा पनि विज्ञापन छैन र फेसबुकमा गएको छ । सरकारले यसलाई समेटेर ऐन बनाउनुपर्छ ।”

उनले रेडियो नेपाल जस्तो सरकारी मिडिया घाटामा रहेको बताए । साथै ऐन बनाउँदा डिजिटल मिडिया र सोसल मिडियालाई पनि समेटिनुपर्ने उनले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro