site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १० अंकले बढ्यो, तीन अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर बन्द भएको छ । आइतबार बजार १०.३७ अंकले बढेर बन्द भएको हो । बजार २०९४.४६ को विन्दुमा पुगेको छ ।

यस दिन ३०६ धितोपत्रका एक करोड सात लाख ५१ हजार १६४ कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबारमा आएका १३ मध्ये चार उपसमूहको परिसूचक वृद्धि भएको छ । बाँकी उपसमूहको परिसूचक घटेको छ । हाइड्रो उपसमूहको समूहगत सूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro