site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध तेस्रो विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

Dabur Nepal
NIC Asia

आकाशले पाँचौँ ओभरको पाँच बलमा अफगानिस्तानका जम्सिद जद्रानलाई बोल्ड गरे । यसअघि खेलको पहिलो ओभरमा गुल्सन झाले र दोस्रो ओभरमा आकाशले नै नेपाललाई पहिलो र दोस्रो सफलता दिलाएका थिए ।

जारी खेलको ६ ओभर समाप्त हुँदा अफगानिस्तानले तीन विकेट गुमाएर २२ रन जोडेको छ ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । 

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro