site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदहरू झस्किएका छन् : कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद्‌मा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्र संशोधन हाल्नुपर्ने बताएकी छन् । शनिबार (असार २१) प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसद्‌मा प्रस्तुत विधेयकमा संशोधन गर्न धेरै समय दिइने उल्लेख गरिन् । गहन अध्ययन गरेर मात्र संशोधन हाल्दा राम्रो नीति निर्माण गर्न सकिने उनले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नीति निर्माण गर्दा संसद्‌मा जुन विधेयक प्रस्तुत हुन्छ, त्यो विधेयक प्रस्तुत गर्दा समय दिइएको हुन्छ, संशोधन गर्न,” उनले भनिन्, “त्यो समय संशोधन गर्दा धेरै गम्भीर भएर संशोधन हाल्नुपर्छ ।”

राज्यव्यवस्था तथा सुशासन समितिमा भएको ‘कुलिङ पिरियड’ प्रकरणको विषय उठाउँदै उनले त्यसबाट पाठ सिकेर अघि बढ्न जरुरी रहेकोमा जोड दिइन् । त्यसबाट सांसदहरू झस्किएका र सबै दफाको अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने उनले बताइन् ।

“अस्ति राज्यव्यवस्था तथा सुशासन समितिमा हेरफेरको जुन कुरा आयो, सांसदहरू झनै झस्किएका छन्,” उनले भनिन्, “त्यो दफादफामा हेर्नुपर्छ । यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रो भूमिका विधायिका बनाउने हो ।”

उक्त बैठकमा ऐन कार्यान्वयन मापनका विषयमा छलफल गरिएको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्