site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यूरो–६ सरहको नीति ल्याउन सरकारलाई आग्रह  

काठमाडौं । सवारी प्रदूषणसम्बन्धी बीएस/यूरो–६ सरहको ‘नेपाल मास एमिसन स्ट्यान्डर्ड–एनभीएमईएस’ ल्याउन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

सवारीसाधनबाट हुने प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यको भारत स्टेज एमिसन स्ट्यान्डर्ड–६ वा युरोपियन एमिसन स्ट्यान्डर्ड–६ सरहको मापदण्ड वा नीति सरकारले दुई वर्षअघि नै तयार पारेको थियो । तर, हालसम्म यो नीति पारित भएको छैन । यसबीच यातायात क्षेत्रका व्यवसायी एवं सरोकारवालाहरूले आफूहरू बीएस–६ अनुरुपको मापदण्डमा जान तयार रहेको बताएका हुन् ।

सरकारले उक्त नीति ल्याएमा कार्यान्वयनका लागि निश्चित समय भने दिनपर्नेमा सरोकारवालाले जोड दिएका छन । 

Dabur Nepal
NIC Asia

बिहीबार अटो पत्रकार संघ (जाम)ले ‘सवारी प्रदूषण मादण्ड यूरो–६ को कार्यान्वयन र समस्या’ विषयमा अन्र्तक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विज्ञ तथा व्यवसायीले यस विषयमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । 

वातावरण विज्ञ भुषण तुलाधरले करिब ३० प्रतिशत प्रदूषण सवारीसधानबाटै हुने गरेको भन्दै नेपालले जतिसक्दो छिटो यूरो–६ सरहको मापदण्डमा जानुपर्ने बताए । 

“अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडीहरू यूरो सिक्समै आधारित भएर आइरहेको छ । तर, पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यकता हो,” तुलाधरले भने ।

नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले आईसीई गाडी छोडेर पछिल्लो समय विद्युतीय गाडी किन्ने चलन बढेको बताए ।

सरकारले यूरो–६ को नीति ल्याउनुपर्ने तर व्यवसायीलाई पनि समय दिनुपर्ने र आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्ने उनले बताए ।

“जुनदिनबाट (यूरो–६)को सूचना निस्कन्छ सो दिनबाट व्यवसायीलाई समय दिएर सरकारले सहयोग गर्नुपर्छ,” नाडाका अध्यक्ष चौधरीले भने, “यूरा–६ मा जाँदा मेकानिक्सहरू पनि तयार हुनुपर्छ । प्रदूषणबाट मर्ने की आर्थिक मन्दीबाट मर्ने सरकारले ध्यान दिनुपर्छ ।”

अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरू राज्यको प्राथमिकतामा नपरेको गुनासो पोखेका छन् ।

“यूरो–६ होस् अथवा अन्य विषयमा होस् सरकारले हामीसँग सल्लाहा गर्नुपर्छ,” उनले भने ।

वन तथा वातावरण मन्त्रालयका सीडीई शिवराज शर्माले नाडालगायत सवारी विक्रेता कम्पनीलाई एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडि बढीसकेका गाडीको हकमा केही समय दिने तयारी रहेको बताए ।

दुई वर्षअघि नै यूरो–६ सरहको नीति बनिसकेको तर, सरकारको अस्थिरताका कारण आजसम्म पारित हुन नसकेको उनको भनाइ छ ।

वातावरण विभागका सीडीके दिपक ज्ञवाली यूरो–६ लागु गराउन व्यवस्थापकीय भूमिकामा सबै व्यवसायी र सरकारले योजना गरेर अगाडि बढ्नुपर्ने बताए । 

२० वर्षे पुराना  गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।

गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले एलसी खोलेको र आयातको प्रक्रियामा रहेका सवारीसाधनका हकमा नयाँ मापदण्ड लागु गर्न समय दिनुपर्ने बताए । उनले अब, बीएस–६ मा जान ढिलाइ गर्न नहुने बताए ।

लक्ष्मी समूहका निर्देशक निराकार श्रेष्ठले नेपालको सवारी प्रदूषण मापदण्डलाई अपग्रेड गर्नैपर्ने देखिएको बताए । तर, अर्डर गरिसकेको गाडी र आयातको प्रक्रियामा रहेकाको हकमा समय दिनुपर्ने उनको भनाइ छ । 

नेपाल यातायात राष्ट्रिय व्यवसायी संघका अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डर्डमा गाडी ल्याउने भन्ने विषयमा व्यवसायीको हात नहुने बताए । 

“यूरो–६ लागु गर्ने सम्बन्धमा दुईमत रहेन । सार्वजनिक यातायातमा २० वर्षे समयावधि व्यवहारिक छैन” स्वाँरले भने, “अब हामी ईभीमा जाने हो कि हाइड्रोजनमा जाने सरकार यो विषयमा पनि क्लियर हुन जारुरी छ ।”

सरकारको नीति स्थिर हुनुपर्ने र फेरि चाँडै अर्काेमा सिफ्ट हुने भन्ने नहुने पर्ने उनको भनाइ छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले धेरैजसो कर्मसिलय गाडी बीएस–३ र बीएस–६ का रहेको बताए ।

यूरो–६ मा जान टेक्निसियनका हकमा आवश्यक पर्ने तालिम तथा उपकरण र पूर्वाधारमा सिप्रदीले काम गरिरहेको उनले बताए ।

कार्यक्रममा अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले पनि अब यूरो–६ सरहको मापदण्डमा जान ढिलाई गर्न नहुने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro