site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वयम्भू क्षेत्रबाट महानगरले संकलन गर्‍यो ६१ मेट्रिक टन फोहोर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर संकलन गरेको छ । मंसिर २१ गतेदेखि सफाइ थालेको महानगरले स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जंगल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ मेट्रिक टन फोहोर संकलन गरेको हो ।

सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिस, रुखका पात संकलन गरिएको महानगरले जनाएको छ । यसका लागि दैनिक एक सय जना जनशक्ति खटाइएको थियो । 

परिक्रमा मार्गमा भगवान पाउ, किमडोल, बुद्ध पार्क, मसिंगालगायत ठाउँ छन् । स्तुप जानका लागि भगवान पाउबाट उक्लने सिँढी छन् । यससँगै किमडोल र बुद्धपार्कबाट माथि जान सकिन्छ । सफाइका क्रममा मानिसहरूको आवातजावत हुने स्थानहरूलाई विशेष प्राथमिकतामा राखिएको थियो । 

महानगरले सहरी स्वच्छताका लागि सरसफाइका कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ । यसमा महानगर प्रहरी बलले सहयोग गर्ने गरेको छ । यससँगै स्वर्णिम योजनाअन्तर्गत नदी सफाइ र डुबान समाधान योजना सञ्चालनमा रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro