site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिभरपुल काराबाओ कपको फाइनलमा, चेल्सीसँग उपाधि प्रतिस्पर्धा
Tiktok banner adTiktok banner ad

काठमाडौं । फुलहमलाई समग्रमा ३–२ ले हराउँदै लिभरपुल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति यी दुई टिमबीच भएको दोस्रो लेग १–१ को बराबरीमा सकिएको थियो । पहिलो लेगमा लिभरपुलले २–१ को जित निकालेका कारण फाइनल यात्रा तय गरेको हो ।

फुलहमले मैदान क्राभेन कटेजमा लुइस डियाजले ११औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । फुलहमका इसा डिओपले ७७औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

तर, यसपछि थप गोल भएन । लिभरपुलले समग्रमा ३–२ को जित निकाल्दै उपाधिका निम्ति चेल्सीसँगको भिडन्त पक्का गर्‍यो ।

प्रतियोगिताको उपाधिका निम्ति लिभरपुलले फेब्रुअरी २५ मा चेल्सीको सामना गर्नेछ । गएको मंगलबार राति चेल्सीले मिडल्सबर्गलाई ६–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro