बाह्रखरी फोटो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुमा शालीनदी मेला र एकमहिने माधवनारायण व्रत सुरु भएको छ । स्वस्थानी व्रतकथासँगै मेला सुरु भएको हो ।
बिहीबार बिहान बर्तालुले शालीनदीमा स्नान र माधवनारायणको पूजा–आराधना गरे । त्यहाँका बर्तालुले सामूहिक रूपमा दिनभर माधवनारायणको पूजा गर्ने गर्छन् ।
बर्तालुले एक महिनासम्म हरेक दिन बिहान नदीमा स्नान गरी पूजा र स्वस्थानी कथावाचन गर्ने गर्छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० ०९:४४
प्रतिक्रिया दिनुहोस्