site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नासाले प्राप्त गर्‍यो ४.६ अर्ब वर्ष पुरानो क्षुद्रग्रहको ढुंगामाटोको नमुना

काठमाडौं । चार महिनाअघि पृथ्वीमा आइपुगेको क्षुद्रग्रहको ढुंगामाटोसहित धुलोको सबै नमुना अन्ततः नासाले प्राप्त गरेको छ । अमेरिकाको ह्युस्टनस्थित नासाको जोन्सन स्पेस सेन्टरमा उक्त नमुना संकलित कन्टेनर खोलिएको हो ।

नासाले गत साता ४.६ अर्ब वर्ष पुरानो क्षुद्रग्रह बेन्नुबाट संकलित नमुना पाएको घोषणा गरेको हो । बेन्नु सौर्यमण्डल बन्नेक्रममै निर्मित क्षुद्रग्रह भएको बताइएको छ । सन् २३०० मा यो पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो । 

Dabur Nepal

बेन्नुबाट नमुना संकलन गर्ने उद्देश्यले नासाले ओसिरिस–रेक्स मिसन सञ्चालन गरेको थियो ।

सोही मिसनमार्फत संकलन गरिएको बेन्नु क्षुद्रग्रहको चट्टानको धेरैजसो नमुना गत सेप्टेम्बरमा नै नासाले प्राप्त गरेको थियो । नमुना रहेको कन्टेनरबाट निकाल्न बाँकी नमुना पनि अहिले प्राप्त गरेको नासाले जनाएको हो ।

संकलनका लागि अबौँ डलर खर्च भएको यो नमुनाको अध्ययनले पृथ्वी जस्ता ग्रहको उत्पत्ति र यो ग्रह कयौँ किसिमका जीवजन्तु बस्न योग्य कसरी बन्यो भन्नेबारे थप जानकारी दिने विश्वास गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro