site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भलिबल संघलाई एनआरएनएको सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)ले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ ।

संघको काठमाडौंको बालुवाटारस्थित मुख्यालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार आयोजना गरेको कार्यक्रमबीच संघका अध्यक्ष डा. बद्री केसीले भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।

Dabur Nepal
NIC Asia

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबल संघलाई गैरआवासीय नेपाली संघले आठ लाख रुपैयाँ सहयोग गरेको हो ।

कार्यक्रममा भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष ड. केसीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरूले सधैँ सहयोग गर्ने बताए ।

यसअघि संघले नेपाल क्रिकेट संघ क्यानलाई १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro