site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से स्थिर, होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से परिसूचक मंगलबार स्थिर रहेर बन्द भएको छ । मंगलबार बजार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा बन्द भएको हो । सोमबार बजार ३१.४९ अंक घटेको थियो ।

कारोबार रकम पनि घटेको छ । यस दिन चार अर्ब २९ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मंगलबारदेखि ‘लकिङ पिरियड’ खुलेको यो कम्पनीको सेयरमा ‘खेलाडी’को चलखेल हुन सक्ने अनुमान गरिएको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ५५ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक ४.७४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro