बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
काठमाडौंको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ । पार्किङ निषेध गरेपछि व्यापारीहरूले विरोध जनाएका छन् । सो क्षेत्रका केही व्यापारीहरूले सटर बन्द गरेर विरोध गरेका हुन् ।
हेर्नोस् तस्बिरहरू
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्