site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रविधिको दुरूपयोगबाट हुनसक्ने अपराधप्रति सर्तकता अपनाउन जरुरी : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक प्रविधिको दुरूपयोगबाट हुनसक्ने अपराधप्रति सतर्कता अपनाउन जरुरी रहेको बताएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’को उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले अपराधप्रति सतर्कता अपनाई नियन्त्रण र अनुसन्धानमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता रहेको बताए ।

Dabur Nepal
NIC Asia

आन्तरिक शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धान गर्नको लागि नेपाल प्रहरी प्रमुख निकाय भएको उनले बताए । 

गृहमन्त्री श्रेष्ठ भने, “सही अनुसन्धानले अपराधीलाई कानुनको कठघरामा मात्र ल्याउँदैन, हुनसक्ने अपराधलाई रोक्ने र गलत प्रवृति भएका व्यक्तिहरूलाई निरुत्साहित गर्ने कार्य समेत गर्दछ । पीडितलाई न्यायको अनुभव गराउनुमा पनि अपराध अनुसन्धानको प्रमुख भूमिका हुन्छ ।” 

अपराध अनुसन्धान एक बहुआयामिक प्रयास भएको र अनुसन्धान गर्ने निकायको एकल प्रयासले यो महत्त्वपूर्ण कार्यलाई सम्पन्न गर्न कठिन हुने मन्त्री श्रेष्ठले उल्लेख गरे । यसमा अन्य सरकारी निकायहरू, विभिन्न सेवा प्रदायक संस्थाहरू र नागरिकहरू समेतको समन्वय, सहयोग र सहकार्यको आवश्यकता रहनेमा जोड दिए ।

प्रहरीलाई अपराध अनुसन्धानका दौरानमा आउने दबाबको प्रभावमा नपर्न समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए । 

महान्यायाधिवक्ता डा.पोखरेलले अपराध अनुसन्धानलाई त्रुटीरहित, विश्वसनियतता र प्रमाणको आधारमा गर्नु नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro