site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानसँग बदला लिने नेपाललाई राम्रो मौका 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तान र नेपाल दुबैले क्रिकेटको हस्ती राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका हुन् ।

तुलनात्मक रुपमा नेपालभन्दा अफगानिस्तान बलियो टोली मानिन्छ । पछिल्लो नतिजा र प्रतियोगितालाई हेर्ने हो भने पनि अफगानिस्तानले निकै छलाङ मारेको छ । तर नेपाल पनि कमजोर राष्ट्र भने होइन । यही एसीसी यु–१९ एसिया कपलाई हेर्ने हो भने पनि नेपालले क्रिकेटको पावर हाउस मानिने भारतलाई पराजित गरेको छ ।

भारतसामु १९ रनको विजयीमा नेपाली युवा टोलीले इतिहास रच्दै आफ्नो क्षमता देखाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगानिस्तानले पनि आफ्नो पहिलो खेलमा नै पाकिस्तानलाई  ५७ रनमा अलआउट गर्दै शानदार जित हात पारेको थियो । अफगानिस्तान समूह बी को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपाल समूह ए को उपबिजेता बन्दै सेमिफाइनल पुगेको हो । 

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको हार बेहोरेको थियो । बाँकी दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई १९ र आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने श्रीलंकासँग ६१ रनले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा भने युएईलाई १३४ रनले पराजित गरेको थियो ।

Global Ime bank

नेपाली यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले अफगानिस्तानलाई हराउन निकै मुस्किल पर्ने बताउँदै नेपाली टोली पनि कमजोर नरहेको बताए ।

उनले भने “अफगानिस्तानसँगको खेल सबैभन्दा महत्वपूर्ण छ । हामीले केही महिना अघि मात्रै अफगानिस्तानसँग २ वटा खेलमा पराजित भएका थियौं । त्यसपछि हामीले बलिङ ब्याटिङ र फिल्डिङमा धेरै परिवर्तन गरेका छौं । शुक्रबार हुने खेल पहिलेको भन्दा अलिक फरक हुनेछ । हाम्रो योजना छ त्यही योजनाअनुसार खेल्नेछौ ।”

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले सेमिफाइनल खेल नेपालको लागि फाइनल सरह भएको बताएका छन् ।

“भारतलाई मलेसियालाई पराजित गरेको छ भने बंगलादेशसँग राम्रो खेलेको थियो । हाम्रो खेलाडीमा जोस छ । त्यहीअनुसार खेल्यो भने नेपालले अवश्य जित्छ । तर ब्याटिङमा अलिक बलियो हुनुपर्छ । २५०/२६० को स्कोर लगायो भने नेपालले जित्ने सम्भावना बढि हुन्छ ।”

उनले अघि थपे “अफगानिस्तानलाई दबाब रहेको छ । भारतलाई पराजित गरेको टिमसँग खेल्दा पक्कै पनि दबाब हुनेछ । आईसीसी यु–१९ विश्वकप छनोट हराएको बदला लिने नेपालको लागि राम्रो मौका पनि हो ।”

कुन पक्ष अब्बल ?

जारी एसिया कपमा नेपालको ब्याटिङ भन्दा बलिङ नै सबल पक्ष हो । नेपालले जारी प्रतियोगितामा २ वटा खेलमा पहिले ब्याटिङ गरेको छ जसमा भारतविरुद्ध १८५ रन र बंगलादेशविरुद्ध वर्षाका कारण छोट्याइएको खेलमा १६७ रन बनाएको छ । बलिङतर्फ भने भारत र मलेसियालाई अलआउट गरेको थियो । मलेसियालाई ४५ रनमा अलआउट गर्दै नेपालले आफ्नो बलिङको प्रभाव देखाएको छ । बंगलादेशको पनि ८ विकेट लिएको थियो । 

जारी प्रतियोगितामा अफगानिस्तानको सबल पक्ष भनेको ब्याटिङ देखिएको छ । त्यो युएई विरुद्धको खेलबाट पनि प्रस्ट हुन्छ । वर्षाको कारण २० ओभरमा छोट्याईएको खेलमा अफगानिस्तानले २२४ रन बनाएको थियो । 

दुबै टिमका कस्ता खेलाडी ?
 

जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा सिनियर टिमबाट खेलिसकेको नेपालका २ खेलाडी छन् । कप्तान दिपेन्द्रसिंह ऐरी र सन्दिप लामिछाने । सन्दिप लामिछानले २०१६ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिविया विरुद्धको खेलबाट राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका हुन् । त्यस्तै, दिपेन्द्रसिंह ऐरी २०१७ मा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलबाट डेब्यु गरेका थिए ।

कप्तान दिपेन्द्रसिंह ऐरी अलराउण्डर हुन् भने सन्दिप बलर हुन् । जारी प्रतियोगितामा यी दुबै खेलाडी निकै फममा छन् । दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतलाई पराजित गर्न कप्तान दिपेन्द्रले ८८ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए । सन्दिपले मलेसिया विरुद्ध ५ विकेट लिन सफल भएका थिए । 

नेपाली टिममा अन्य अनुभवी र क्षमतावान खेलाडी पनि छन् । आसिफ शेख, अनिलकुमार शाह, रोहित कुमार पौडेल, प्रनित थापामगर, भिम शार्की र सन्दिप सुनार जस्ता राम्रा ब्याट्सम्यान छन् । अफगानी बलरसामु यी ब्याट्सम्यानलाई रोक्न निकै चुनौती छ ।

बलिङमा झनै नेपाल बलियो टिम हो । कप्तान दिपेन्द्र, अनिल कुमार शाह, जितेन्द्र सिंह, रोहित कुमार पौडेल, किशोर महतो, पवन सर्राफ जस्ता अलराउन्डर छन् । सन्दिप लामिछाने, कमलसिंह ऐरी, शाहव आलम जस्ता बलरले नेपालका लागि जित दिलाउन सक्छन् ।

अफगानी खेलाडी पनि निकै राम्रा फममा छन् । दर्विश अब्दुल रसोलले निकै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा चिनिन्छन् ।

उनले युएईविरुद्ध नटआउट शतक प्रहार गर्दै १०५ रन बनाएका थिए । रहमनुल्लाह गुर्बाज पनि अफगानिस्तानको निकै प्रभावशाली ब्याट्सम्यान हुन् । उनले अहिले सम्म ३ खेलमा ८३ रन बनाएका छन् । त्यस्तै, निसरुल हक वाहदट, इब्राहिम जाद्रन र इक्रम अलि खिल पनि राम्रा ब्याट्सम्यान हुन् ।

बलिङतर्फ अफगानिस्तानका मुजिव उर रहमान निकै फर्ममा छन् । उनले अहिलेसम्म जारी प्रतियोगितामा ३ खेलबाट ९ विकेट लिएका छन् । त्यस्तै, नभिन उल हक मुरिद, वफदार मोमन्दले नेपाली ब्याट्सम्यानलाई खतरा पार्न सक्छन् ।

हेड टु हेड

यु–१९ टिममा अफगानिस्तान र नेपाल अहिलेसम्म ९ पटक भेट भएको छ । जसमा लिड भने अफगानिस्तानले गर्दै आएको छ । अहिलेसम्म नेपालले यु–१९ टिममा अफगानिस्तानलाई ३ पटक पराजित गर्न सफल भएको छ भने बाँकी ६ खेलमा भने पराजय भोगेको छ । 

पछिल्लो समयमा अफगानिस्तानले निकै राम्रो प्रदर्शन गर्दै अघि बढिरहेको छ । आईसीसी यु–१९ विश्व कप क्रिकेट छनोटमा नेपाल अफगानिस्तानसँग दुबै खेलमा पराजित भएको थियो । त्यसैले अफगानिस्तान सेमिफाइनलमा उच्च मनोबलको साथ मैदानमा पुनः नेपाललाई पराजित गर्ने दाउमा रहेको छ । नेपाल भने विश्वकपमा स्थान बनाउन सपना तुहाउने अफगानिस्तानलाई रोक्दै फाइनलमा प्रवेश गरी इतिहास रच्ने दाउमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय