site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई रातो कार्ड देखाइएको खेलमा साउदीको सहज जित

काठमाडौं । दुई रातो कार्ड देखाइएको खेलमा कीर्गिस्तानलाई २–० ले हराउँदै साउदी अरेबिया एएफसी एसियन कपको अन्तिम–१६ मा प्रवेश गरेको छ ।

आइतबार कतारको अहमेद बिन अली रंगशालामा कीर्गिस्तानका दुई खेलाडीले रातो कार्ड पाएका थिए । कीर्गिस्तानले नौ खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।

कीर्गिस्तानलाई हराउन साउदीका मोहमेद कानो र फैसेल अल–घाम्डीले गोल गरे । खेलको ३५औँ मिनेटमा कानोले गोल गर्दै साउदीलाई अग्रतामा राखेका थिए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा घाम्डीले गोल गर्दै साउदीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसअघि, खेलको नवौँ मिनेटमा आइजर अक्मातोभले र ५२औँ मिनेटमा किमी मेर्कले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि कीर्गिस्तान नौ खेलाडीमा समेटिएको थियो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको साउदीले समूह ‘एफ’को अन्तिम खेलअगावै नकआउट चरणमा स्थान बनाएको हो । समान खेल खेल्दा पनि अंकविहीन कीर्गिस्तान तालिकाको पुछारमा छ ।

आइतबार नै भएको यही समूहको अर्को खेलमा ओमान र थाइल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro