site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : प्रचारप्रसार गर्न प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । शनिबार बसेको बैठकबाट निर्वाचनका निम्ति समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरिएको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उमेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो,” बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ गते हुने निर्वाचनका निम्ति पार्टीका उमेदवारसँग छलफल गरिएको थियो ।

राष्ट्रियसभाका रिक्त हुन लागेका कुल १९ सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसानुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिएका छन् । रासस

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro