site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई खुट्टा नै नभएको चलचित्र कसरी उभिन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

अभिनेता/निर्देशक तथा निर्माता समेत रहेका नीर शाहले पछिल्लो समय सिनेमाका विषयमा स्पष्ट विचार राख्दै आएका छन् । चलचित्र क्षेत्रको विकास अपेक्षित रूपमा किन हुन सकेन भन्नेबारे उनले खुलेरै कुरा राख्ने गरेका छन् । केही महिनाअघि चलचित्र निर्माता संघको साधारणसभामा उनले सिनेकर्मीले यस क्षेत्रको विकासका निम्ति सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्ड नै बाधक रहेको बताएका थिए । सञ्चार मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको उनको टिप्पणी थियो ।

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा, २०८० मार्फत मन्त्रालयले बोर्डको अधिकार खोस्न खोजेको उनले आरोप लगाएका थिए । त्यसले चलचित्र क्षेत्रलाई थप धराशायी बनाउने उनले बताएका थिए ।

“हामी प्रशासकीय चालबाजी र षड्यन्त्रभित्र चलचित्र उद्योगलाई सुरक्षित देखिरहेका छैनौँ । यो विधेयकले मन्त्रालयको हस्तक्षेप बढाउँछ । त्यसैले यो विधेयकलाई चलचित्रसँग सम्बन्धित सबै संघसंस्थाले डस्टबिनमा फ्याँकिदिएका छन्,” उनले भनेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोही मञ्चमा उनले बोर्ड चलचित्रकर्मीको हुन नसकेको टिप्पणी गरेका थिए । बोर्डको उद्देश्य र भावनाबाहिर गएर अध्यक्ष भुवन केसीले काम गरिरहेको उनको आरोप थियो । “चलचित्रकर्मीको भावनाबाहिर गएर यसबाट डगमगाए तपाईं बसेको कुर्सी पनि अस्थायी हो,” भुवनलाई नीरले भनेका थिए, “होइन भने तपाईंलाई स्थापित गरेको कुर्सीबाट चलचित्रकर्मीले विस्थापित पनि गरिदिन्छन् ।”

शाहले ‘पानी फोटो’ पुस्तक विमोचन कार्यक्रममा चलचित्र अवार्ड र वितरणमा हुने गरेको बेथितिबारे पनि खरो टिप्पणी गरेका थिए । चलचित्र अवार्डको औचित्य र गरिमामाथि उनले प्रश्न उठाएका थिए । उनले बिनामापदण्ड दिइने सिने अवार्डले आफ्नै मर्यादा घटाइरहेको बताएका थिए ।

Royal Enfield Island Ad

“केही समयअगाडि एउटा अवार्डको कार्यक्रम थियो, त्यो अवार्ड कार्यक्रममा म पनि थिएँ । अवार्ड वितरण गर्ने अतिथिमा म पनि थिएँ । वितरणको कार्यक्रम सकेर ड्यासमा बसेर हेर्दा हलमा बस्ने सबैका हातमा कम्तीमा एक/एकवटा अवार्ड थिए,” उनले भनेका थिए । सिनेमाको मूल्यांकनभन्दा पनि अवार्ड बाँडीचुँडी लिने संस्कार बढ्दै गएकोप्रति उनको असन्तुष्टि थियो ।

उनै नीर शाहले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)ले केही दिनअघि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राखेको विचार यस्तो छ– 
नेपालमा हामी राष्ट्रिय चलचित्र उद्योग नाम गरेको एउटा क्षेत्र छ भन्छौँ । तर, त्यो उद्योग र राष्ट्रिय हुन सक्यो किन सकेन ? यसमा प्रशस्त विश्लेषणात्मक अध्ययनको जरुरी छ । मरो विचारमा हुन सकेको छैन । राष्ट्रिय पनि हुन सकेको छैन । उद्योग पनि हुन सकेको छैन । चलचित्रचाहिँ छ । चलचित्र भएका कारण चलचित्र कर्मचाहिँ हुने नै भयो । त्यो चलचित्रकर्मीलाई दिगो रूपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन हुन नसक्नु आजको हाम्रो चलचित्र क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो ।

पुँजी र बजारले ठूलो महत्त्व राख्छ । पुँजी भन्नाले चलचित्रलाई नै सपोर्ट गर्नका लागि राष्ट्रभरि कुनै पनि वित्तीय संस्थाबाट पुँजी उपलब्ध छैन । त्यो भन्नेबित्तिकै ग्रे एरियाको अथवा ब्ल्याक मनीतिर आफूलाई उन्मुख गर्नुपर्ने हुन्छ । चलचित्र मात्रै होइन, यो जुनसुकै क्षेत्रमा लागु हुन्छ । बैंक, सहकारी तथा फाइनान्स कम्पनीबाट कुनै स्वतन्त्र संस्थाहरूबाट फिल्म बनाउन कुनै पनि प्रकारको नीति अवलम्बन गरेको देखिँदैन । राष्ट्रको प्राथमिकतामा पनि पर्दैन । कुनै पनि क्षेत्रको प्राथमिकतामा नपर्नुको कारण चलचित्रकर्मीको पनि भूमिका छ । चलचित्रकर्मीको भूमिकामा पनि प्रश्न उठाउने ठाउँ छ । तसर्थ, चलचित्रकर्मीहरूले नेपाली भाषाको पहिलो चलचित्र ‘हरिषचन्द्र’देखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपर्थ्यो, तर सकिएन । यो एउटा सबैभन्दा कमजोर पक्ष हो ।

चलचित्र कर्मको दोस्रो पक्ष भनेको यसको बजार हो । बजार भन्नेबित्तिकै चलचित्रको प्रदर्शनसँग जोडिएको विषय हो । तपाईंका सामानहरू बेच्न पसल नै छैन भने तपाईं आफ्नो सामान कसरी बेच्नुहुन्छ ? सामान्य अर्थशास्त्रको विद्यार्थीले पनि सहजै बुझ्ने विषय हो यो । नेपाली सिनेमा देखाउने घरहरू नै छैन, यस्तो ठाउँमा नेपाली चलचित्र क्षेत्रको विकास कसरी हुन्छ ? जम्मा १६९ वटा हल छन् । यति हल पनि होइन, १६९ स्क्रिन हुन् । कतिपय एउटै हलमा चार/पाँचवटा स्क्रिन पनि हुन्छन् । तर, हामी वर्षको सयवटा सिनेमा निर्माण गरिरहेका छौँ । १६९ वटा पसल खोलेर त्यो पनि आयातित सामानहरूले प्राथमिकता पाउने गरी खोलिएका पसलहरूमा आफ्नो सामान बेच्नका लागि राखेर हामी माथि पुग्न सक्छौँ ?

३३ वटाभन्दा बढी जिल्ला छन्, जुन जिल्लामा आजसम्म एउटा सिनेमा हल पनि छैन । गाउँगाउँमा, समुदायमा, वडावडामा सिनेमा घर स्थापित हुन सक्नुपर्ने थियो । त्यसो गर्दा सय करोडभन्दा माथिको कर्म अथवा उद्योगका रूपमा स्थापित हुने सम्भावना थियो । अहिले पनि यति गर्न सक्ने हो भने वार्षिक सय करोडको कर्म यो क्षेत्रमा हुनसक्छ । बजारका हिसाबले पनि हामीले हाम्रो चलचित्र क्षेत्रलाई संकुचित हिसाबले खुम्च्याएर राखेको अवस्था छ ।

स्टुडियो भनेर दौडिएका छौँ । ठाउँठाउँमा यो र त्यो भनेर दौडिएका छौँ । विधेयक र ऐन भनेर दौडिएका छौँ । कानुन भनेर दौडिएका छौँ । सिनेमा मुख्य दुई खुट्टा जसमा सिनेमा उभिनुपर्ने हो, उद्योग अर्थात् पुँजी र बजार यसमा हामीले ध्यान दिएकै छैनौँ । यो राष्ट्रिय समस्या हो ।

यो राष्ट्रिय समस्या कसरी समाधान गर्न सकिन्छ भनेर निफजस्तो प्राज्ञिक प्लेटफर्ममा बहस चलोस् भन्ने मेरो चाहना छ । अथवा, मजस्तो विचार राख्ने चलचित्रकर्मीहरूको चाहना छ । यसतर्फ ध्यान दिनुपर्छ ।

दोस्रो, निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि हो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भएका कारणले अन्तर्राष्ट्रिय चलचित्र मञ्चका विख्यात चलचित्रकर्मीहरूलाई सबैभन्दा बढी सेल गर्नुपर्ने पूर्वीय ज्ञान र विज्ञान हो । जुन हदमा पाश्चात्य समुदायमा विषय र प्रसंगको अभाव भएर गएको छ, त्यो अभावलाई परिपूर्ति गर्न सक्ने सोच अब ओरियन्टल वर्ल्डसँग मात्रै बाँकी छ । ती सम्पूर्ण विषय र प्रसंगहरू पूर्वीय ज्ञान र विज्ञानबाट ओतप्रोत छन् । पूर्वीय ज्ञान र विज्ञानको ओतप्रोत तथा त्यसको महान् स्रोत हामीसँग छ । त्यसले चलचित्रकर्मबाट आफूलाई विश्वव्यापी रूपमा अगाडि बढाउन सक्यो भने मानव सभ्यतासँग त्यसको प्रस्ट भूमिका रहने देखिन्छ । जुन प्रकारको मानव सभ्यताको विकास होस् भन्ने हरकिसिमका मानिसले आज चाहना राखेका होलान्, त्यस किसिमको संसार उपलब्ध गराउन त्यो अभियानले ठूलो भूमिका खेल्छ । त्यो अभियानलाई अगाडि बढाउन प्रयत्नरत रहनुपर्ने भारत र चीन हो । भारतसँग पनि असाध्यै ठूलो चलचित्र उद्योग छ । चीनसँग पनि त्यस्तै ठूलो चलचित्र उद्योग छ । यो साइजको चलचित्र उद्योग त विश्वभरका चलचित्र उद्योगलाई ल्याएर जोड्दा पनि चीन र भारतको जत्रो हुन सक्दैन । त्यसैले यसतर्फ विशेषतः चीन र भारतका चलचित्र निर्माताहरू, चलचित्रकर्मीहरू, निर्देशक र त्यहाँका सर्जकहरूको ध्यानआकृष्ट गर्नेतर्फ निफले विशेष भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

राष्ट्रिय दृष्टिकोणले पुँजी र बजारको विषय र अन्तर्राष्ट्रिय दृष्टिकोणले पूर्वीय ज्ञान र विज्ञानलाई विश्वभर फैलाउने कुरामा हामी सचेत हुनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro