site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री त्रिविको कुलपति हुने व्यवस्था खारेज गर्न माग 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेज गर्न माग गरिएको छ । त्रिविमा राजनितिक हस्तक्षेपको अन्त्य हुनुपर्ने भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस्तो माग अघि सारेको हो  । 

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था खारेज गर्दै प्राज्ञिकता तथा बौद्धिकताका आधारमा कुलपति नियुक्त गर्ने नीति निर्माण गरी कार्यान्वयन गर्न परिषद्ले माग गरेको छ । 

KFC Island Ad
NIC Asia

परिषद्ले योसहित २० बुँदे माग राख्दै माघ महिनाभर राष्ट्रव्यापी शैक्षिक अभियान चलाउने भएको छ । अभियान सफल पार्न देशव्यापी दबाबमुलक कार्यक्रम गर्ने परिषद्को तयारी छ । 

विश्वविद्यालयमा राजनितिक प्रभाव तथा हस्तक्षेप हुन नदिन पदाधिकारी तथा कर्मचारी नियुक्तिमा दलीय भागवण्डाको अन्त्य हुनुपर्ने र स्वतन्त्र प्रतिस्पर्धा हुनुपर्ने परिषद्का मधेस प्रदेश संयोजक चितराज न्यौपाने बताउँछन् । 

Royal Enfield Island Ad

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को परिच्छेद ७ मा विश्वविद्यालयको प्रमुख र प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro