site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाइगर कप भलिबल : हेल्प नेपाल सेमिफाइनलमा, आर्मी र गण्डकी बिहीबार भिड्ने

पोखरा । माघ १ गते देखि सुरु भएको टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत सोही दिन समूह चरणको पहिलो खेल पुरुषतर्फ नेपाल आर्मी र गण्डकी प्रदेशबीच खेल तालिका थियो । तर, उक्त दिन तीन सेटमात्र खेल सम्पन्न भयो । अँध्यारोका कारण बाँकी दुई सेट खेल हुन सकेन ।

उक्त दिन तीन सेटमात्र खेल हुँदा गण्डकीले दुई सेट जितेको थियो भने आर्मीले एक सेट जित्न सफल भएको थियो ।

रोकिएको उक्त खेल बिहीबार पुन सुरुदेखि हुने भएको छ । पहिलो दिनको खेल नसकिएकै कारण समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश हुने टिमको टुंगो लाग्न सकेन । पोल सिस्टम अन्तर्गत यो समूहबाट टिपटप हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।

अब बिहीबार हुने आर्मी र गण्डकीबीचको खेलबाट सेमिफाइनलमा प्रवेश हुने अर्को टिमको टुंगो लाग्ने छ ।

सेमिफाइनल प्रवेशका लागि आर्मीले गण्डकीलाई सोझो सेटमा हराउनुपर्ने हुन्छ । कारण आर्मी यसअगाडि टिपटप हेल्प नेपालसँग नै पराजित भइसकेको छ ।

बिहीबार हेल्प नेपाललाई हराएको गण्डकीले सेमिफाइनल प्रवेशका लागि आर्मीलाई हराए सोझै सेमिफाइनलमा जाने छ । आर्मीसँग दुई सेट पराजित भएको खण्डमा पनि अंक तालिकाको आधारमा गण्डकीको सेमिफाइनलमा प्रवेश हुने छ ।

बिहीबार महिलातर्फ सेमिफाइनलका खेल सकिसकेपछि आर्मी र गण्डकीको खेल हुने आयोजक टाइगर कपका सचिव डीबी नेपालीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro