site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको प्रश्न– आयुर्वेदलाई सरकारको उपेक्षा किन ?

काठमाडौं । राष्ट्रियसभा सांसदहरूले आयुर्वेद उपचार पद्धतिलाई सरकारले उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा अधिकांश सांसदहरूले आयुर्वेदप्रति सरकार उदासिन भएको धारणा राखे । 

बैठकमा एमाले सांसद कुमार दसौदीले आयुर्वेदिक औषधि उत्पादनलाई सरकारले प्राथमिकतामा नराखेको र भएका उद्योगहरू पनि बन्द हुन पुगेको बताए । 

“सिंहदरबार वैद्यखाना अहिले ठप्प छ भन्ने सुनिएको छ, त्यति ठूलो सरकारी सम्पति किन यस्तो अवस्थामा पुग्यो, त्यहाँबाट किन औषधि उत्पादन हुन सकिरहेको छैन ?” दसौदीले प्रश्न गरे ।

जवाफमा स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले वैद्यखाना बन्द नरहेको तर, त्यहाँ पठाइएका नेतृत्वले आफ्नो जिम्मेवारी नलिँदा समस्या आएको बताए । 

बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्र लक्ष्मी गैरेले बिनासाइड इफेक्टको प्रभावकारी उपचार पद्धति हुँदाहुँदै पनि सरकारले आयुर्वेदलाई अलपत्र पारेर छोडेको धारणा राखिन् । 

नेपालको प्राकृतिक स्रोत साधनलाई सदुपयोग गर्दै आयुर्वेद उपचार पद्धतिलाई ब्युँताउनुपर्ने माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले बताए । 

सरकारले उचित ध्यान नपुर्‍याउँदा नेपाली औषधि उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र अन्तर्राष्ट्रिय उद्योगहरूको हस्तक्षेप बढेको उनको भनाइ छ । 

बैठकमा बोल्ने सांसदहरूले स्वास्थ्य सेवामा दरबन्दी थप नहुनुले सेवाको गुणस्तर खस्किँदै गएको पनि धारणा राखे । यस्तै, नेपालमा नर्सिङ तथा मेडिकल कलेजहरू बन्द हुँदा ठूलो संख्यामा विद्यार्थी विदेशिनु चिन्ताको विषय भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । 

सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य सचिव डा. पोख्रेलले केन्द्रीय अस्पतालहरूका लागि १५ देखि १६ हजार जनशक्ति आवश्यक रहेको र यसबारे ओएनएम सर्भे गरी अर्थ मन्त्रालयमा बुझाइएको बताए ।

पछिल्लो समय बनेका र बनिरहेका पाँच, १० र १५ शैयाका अस्पतालका लागि दरबन्दीको खाका बनाइए पनि जनशक्ति व्यवस्थापन कुन तहको सरकारले गर्ने भन्ने अन्यौल रहेको डा. पोखरेलको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro