site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुशासन र समृद्धिका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री 
Tiktok banner adTiktok banner ad

कागमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो कार्यकालमा सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएको उल्लेख गरे । त्यसका आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने उनले बताए ।

उनले पछिल्लो एक वर्षमा अर्थतन्त्रका क्षेत्रमा राम्रो सुधार हुँदै गएको जिकिर गरे । उद्योगी, व्यवसायीलाई उत्साही भएर काम गर्न उनले आग्रह गरे ।

बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करीलगायत अनियमितताको छानबिन गरी कानुनी कारबाही अगाडि बढाइएको बताए ।

अर्घाखाँचीको विकास र समृद्धिका निम्ति आफ्नो ठाउँबाट योगदान गर्दै आएको पनि उनले बताए ।

जिल्लामा बढ्दै गएको बसाइँसराइ रोक्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro