अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी प्र्रतितोला एक हजार ४२० रुपैयाँमा करोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्