site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनाबाट ‘ब्रेन डेथ’ भएका एकजनाले बचाउन सक्छन् तीनजना !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार वार्षिक १० हजारको हाराहारीमा सवारी दुर्घटना हुने गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा नौ हजार ५४५ वटा दुर्घटना हुँदा १६६ जनाको मृत्यु भएको थियो । 
०७८/०७९ मा १० हजार ७३३ दुर्घटना हुँदा १९१ जनाले ज्यान गुमाए । यस्तै, ०७९ /०८० मा १० हजार ६७५ दुर्घटनामा १८७ जनाको मृत्यु भयो ।

चालु आर्थिक वर्षको मंसिरसम्म पाँच महिनामा ७० वटा दुर्घटना भएका छन् । ती घटनामा ७० जनाको ज्यान गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयको तथ्यांक अनुसार वार्षिक तीनहजार बिरामीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सातामा ६ जनासम्मको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । झन्डै एक हजारजना अहिले पनि पर्खाइको सूचीमा छन् । 

नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित आफन्तभित्रका निश्चित सम्बन्धहरू तोकेको छ । बिरामीमध्ये कतिपयको आफन्तभित्र दाता नहुँदा अकालमै ज्यान जाने गरेको छ ।

Global Ime bank

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन, २०७२ ले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूको पनि अंग प्रत्यारोपण गर्ने प्रक्रिया सहज बनाएको छ ।

तर, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भने प्रत्यारोपण सुरु भएयता २०६९ सालयता ‘ब्रेन डेथ’ भएका जम्मा पाँच जनाबाट मात्रै अंग प्रत्यारोपण भएको तथ्यांक छ । पाँच जनाबाट १० जनामा मिर्गौला र तीनजनामा कलेजो प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । 

मरणोपरान्त अंगदानका लागि भने दुईहजार ५०० जनाले लिखितरूपमै दर्ता गराएको केन्द्रको तथ्यांक छ ।

कस्तो अवस्था हो ‘ब्रेन डेथ’ ?

अंग प्रत्यारोपण नियमावली ऐनमा 'टाउकोमा हुने कुनै पनि गम्भीर चोटका कारण मस्तिष्कले काम गर्न छाडेको अवस्था'लाई ‘ब्रेन डेथ’को रूपमा परिभाषित गरिएको छ ।  ब्रेन डेथ मुख्यरूपमा दुर्घटना वा मस्तिष्कघातका कारण हुन्छ । 

यो अवस्थामा व्यक्तिले साल लिन सक्दैन । यस्तो अवस्थालाई चिकित्सा विज्ञानले मृतककै रूपमा परिभाषित गरेको छ । तर, त्यस्ता व्यक्तिहरू रक्तचाप, धड्कनजस्ता लक्षणहरू महसुस गर्न सक्छन् ।

‘ब्रेन डेथ’ भएका व्यक्तिलाई भेन्टिलेटरको सहायतामा केही दिनसम्म राख्न सकिने भए पनि उनीहरू फेरि जीवनमा फर्किन नसक्ने कन्सल्टेन्ट न्युरोसर्जन डा. राजिव झा बताउँछन् ।

तर, त्यस्ता व्यक्तिहरूका अन्य अंग काम गर्न सक्ने अवस्थामा हुन्छन् । नेपालमा ‘ब्रेन डेथ’ हुने अधिकांश कारणहरूमा सवारी दुर्घटनाबाट टाउकोमा हुने गम्भीर चोट नै देखिएको छ । यसरी विविध कारणले मासिक ३० देखि ४० जनाको ‘ब्रेन डेथ’ हुने गरेको डा. झा बताउँछन् ।

ब्रेन डेथपछि कसरी गर्ने अंगदान ?

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन, २०७२ मा कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ ।

ऐनको नियमावली, २०७३ ले मस्तिष्क मृत्युको घोषणापछि विशेषज्ञ चिकित्सक, प्रहरी अधिकृतलगायतको जाँचबुझ समितिले मृतकको पोस्टमार्टमपूर्व अंग झिक्न स्वीकृति दिन सक्ने व्यवस्था छ । यसमा मृतकको तर्फबाट दुईवटा तरिकाले अंगदान गर्न सकिन्छ ।

पहिलो, व्यक्तिले जीवन रहँदै स्वेच्छाले गरेको अंगदान । दोस्रो, मृतकले अगाडि नै अंगदान गरेको नभए पनि परिवारका सदस्यले दिएको मञ्जुरीका आधारमा गरिने अंगदान । यसरी दिइने मञ्जुरी लिखित र विवरणसहितको हुन्छ । जुन स्वास्थ्य संस्था र मृतकका परिवार दुवै पक्षले राख्छन् ।

कुन कुन अंग कति समयभित्र दान गर्ने ?

‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला, कलेजो, मुटु, फोक्सो, प्यांक्रियाज, सानो आन्द्रा र छाला अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी ‘ब्रेन डेथ’ भएका एकजना व्यक्तिबाट आठजनाले पुनर्जीवन पाउन सक्छन् ।

नेपालमा  अहिले अभ्यास भएअनुसार दुईवटा मिर्गौला र एउटा कलेजोको हिसाबले एकजना ‘ब्रेन डेथ’ भएको व्यक्तिको अंगबाट कम्तीमा तीनजनाले पुनर्जीवन पाउन सक्छन् ।

डा. श्रेष्ठका अनुसार दाताको शरीरबाट निकालिएका अंगहरू मिर्गौला २४ घण्टासम्म, कलेजो र प्यांक्रियाज १२ घण्टासम्म, मुटु र फोक्सो चार घण्टासम्म आइसप्याकमा राखेर प्रत्यारोपण गर्न सकिन्छ ।

‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंगदान गर्न चाहेमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विशेषज्ञ टोलीले तत्काल घटनास्थलमा पुगेर अंग संकलन गर्ने गरेको छ । 

नेपालजस्तो सवारी दुर्घटना बढी हुने मुलुकमा दुर्घटनामा परेर मृत्यु भएकाहरूको अंग प्रत्यारोपण गर्ने हो भने कम्तीमा एकजनाको मृत्यु हुँदा दुईजनालाई बचाउन सकिने डा. श्रेष्ठको भनाइ छ ।

तर, जनस्तरमा ‘ब्रेन डेथ’बारे पर्याप्त सचेतना नहुने र मृत्युपछि सग्लो शरीर नै अन्त्येष्टि गर्नुपर्ने मान्यताका कारण अझै मृत्युपछि अंग प्रत्यारोपण सहज नभएको उनको अनुभव छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय