site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफको जितमा सन्दीप जोराको शतक, गण्डकीविरुद्ध कर्णालीको सहज जित

काठमाडौं । सन्दीप जोराले प्रतियोगिताको पहिलो खेलमै शतक बनाएपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको २४२ रनको लक्ष्य पछ्याएको वाग्मतीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।

वाग्मतीका कप्तान रित गौतमले ६० रन बनाएका थिए । यस्तै, आशुतोष घिरैयाले ४१, रविन जोशीले २० र विवेक मगरले १५ रन थपे ।

एपीएफका कप्तान रोहित पौडेलले चार विकेट लिए । नौ ओभर बलिङ गरेको रोहितले एक मेडन राख्दै २६ रन खर्चिए ।

मौसम ढकाल र अभिनाश बोहराले समान दुई विकेट लिए । पुरन बिक र भुवन कार्कीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको एपीएफले सन्दीप जोराको शतकमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४१ रनको योगफल तयार पारेको थियो ।

एपीएफका सन्दीपले ११७ बलमा सात चौका र पाँच छक्कासहित ११२ रन बनाए । लोकेश बमले २७, अमरसिंह रौटेलाले २२ र आसिफ सेखले १५ रन थपे । प्रज्वल शाही र भुवन कार्कीले समान १० रन जोडे ।

वाग्मतीका सूर्य तामाङले तीन विकेट लिए । प्रतिश जीसी र रिजन ढकालले समान दुई विकेट लिँदा सोनु देवकोटाले एक विकेट हात पारे ।

जितसँगै दुई अंक जोडेको एपीएफ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको वाग्मती तालिकाको सातौँ स्थानमा छ ।

आजै भएको अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ । 

सिद्धार्थनगर क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले प्रस्तुत गरेको १२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । 

जितसँगै दुई अंक जोडेको कर्णाली तालिकाको पाँचौँ स्थानमा छ । दुई खेल खेल्दा पनि अंकविहीन गण्डकी छैटौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro