site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्रमा ‘डेब्यु’ गर्दै बिराज भट्टका छोरा समीर

काठमाडौं । एक्सन स्टार बिराज भट्टका छोरा समीरले ‘१२ गाउँ’मार्फत नेपाली चलचित्रमा ‘डेब्यु’ गर्ने भएका छन् । आइतबार बिराज स्वयंले सामाजिक सञ्जालमार्फत समीरको डेब्युबारे जानकारी गराएका हुन् ।

बिराजले यसअघि ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका थिए । चलचित्र एक्सन थ्रिलर जानरामा बनाइने उनले बताएका थिए । बिराज भट्ट फिल्म प्रोडक्सनमार्फत चलचित्र निर्माण गरिनेछ ।

चलचित्रको मुख्य भूमिकामा आफू स्वयं रहने बिराजले बताएका थिए । समीर भट्ट कुन भूमिकामा रहन्छन् भन्ने उनले खुलाएका छैनन् ।

“यो नेपाली चलचित्र उद्योगकै अहिलेसम्मकै ठूलो एक्सन मुभी हुनेछ,” बिराजले यसअघि बाह्रखरीसँग भनेका थिए, “यसमा हामी तयारी गरिरहेका छौँ । ठूलो बजेटमा ठूलो एक्सन मुभी हुनेछ ।”

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro