site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपासँग एकता हुँदैमा राजसंस्था पुनर्स्थापना हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुँदैमा मुलुकमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरूबीचको बृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०३औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाइ थियो । उनले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यसरूपमा हेर्न नहुने पनि बताए ।

थापाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीयरूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्