site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
१० दिनमा नौ महोत्सवमा सहभागी हुँदै धुर्मुस–सुन्तली

काठमाडौं । सात वर्षपछि स्टेज पफर्मेन्समा फर्किएका धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)लाई मेला–महोत्सवमा भ्याइ नभ्याइ छ । यही पुस १४ गते लेखनाथ महोत्सवबाट स्टेजमा फर्किएका उनीहरू अहिले कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्मका कार्यक्रममा जान थालेका छन् ।

पहिलो चरणमा उनीहरू लेखनाथ र धादिङको धुनिबेँसी महोत्सवमा सहभागी भएका थिए । पुस २९ गतेदेखि धुर्मुस–सुन्तली पश्चिममा कैलालीदेखि पूर्वमा मोरङसम्मका महोत्सवमा सहभागी हुँदै छन् । धुर्मुस–सुन्तली १० दिनमा नौ महोत्सवमा सहभागी हुन लागेका छन् ।

पुस २९ गते कैलालीको टीकापुर महोत्सव, माघ १ गते अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव, माघ ३ गते बर्दियामा बाँसगढी महोत्सव, माघ ४ गते बर्दियामै बर्दिया ताल माघी महोत्सवमा उनीहरूले आफ्नो प्रहसन गर्नेछन् ।

Dabur Nepal
NIC Asia

माघ ५ गते बर्दियाकै राजापुर महोत्सव, माघ ६ गते दाङको राप्ती लुम्बिनी प्रादेशिक महोत्सव, माघ ७ गते गोरखामा आरुघाट महोत्सव र माघ ९ गते पाँचौँ बर्जु सुनसरी महोत्सवमा धुर्मुस–सुन्तली सहभागी हुँदै छन् ।

“सात वर्षपछि हामी लेखनाथ महोत्सवको स्टेज चढ्दै गर्दा दर्शकले कसरी लिनुहुन्छ भन्नेमा थियौँ । लामो समयपछि पुरानै कर्ममा फर्किंदै थियौँ,” सीताराम भन्छन्, “तर, सात वर्षपछि पनि हामीलाई दर्शकले उत्तिकै सद्भाव, माया पायौँ । यसले हामीलाई कलाकारितामा फर्किन थप हौसला मिलेको छ ।”

उनीहरूले झन्डै दुई दशकअघिको ‘मेरी बास्सै’ सिरियलको क्यारेक्टर धुर्मुस–सुन्तलीकै ‘लुक्स’मा प्रहसन गरिरहेका छन् । “हामीलाई १८ वर्ष पुरानो क्यारेक्टरमा पनि दर्शकले उत्तिकै माया र साथ दिनु भनेको हाम्रा लागि निकै ठूलो कुरा हो,” उनले भने ।

प्रहसनका निम्ति धुर्मुस–सुन्तलीले ‘असल मान्छेको खोजी’ शीर्षकमा सामग्री तयार पारेका छन् । एक घण्टा लामो प्रहसनमा उनीहरूले कतिपय आफ्नै जिन्दगीको आरोह–अवरोहका कथाव्यथा समेटेका छन् भने समसामयिक विषय पनि समेटेका छन् ।

मेला–महोत्सवको सिजन सकिएपछि टेलिसिरियल लिएर आउने सीताराम बताउँछन् । “हाम्रो पहिचान सानो पर्दाबाटै भएको हो, त्यसैले हामी केही समयपछि हास्यटेलिसिरयल लिएर आउनेछौँ,” उनले भने । 

धुर्मुस–सुन्तलीले केही वर्षअगाडि चलचित्र ‘सेन्टी भाइरस’ बनाएर प्रदर्शन गरेका थिए । अहिले भने तत्काल सिनेमा निर्माण गर्ने सम्भावना नरहेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro