site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी सीआईबीको फन्दामा परे बम्जन, प्रहरी देखेपछि झ्यालबाट हाम फालेका थिए !
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाँच वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए ।

पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।

यसअघि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् ।

उनीमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।

प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।

कहाँ लुकेका थिए बम्जन ?

पछिल्लो समय सीआईबीले बम्जनको खोजीका लागि छुट्टै टिम परिचान गरेको थियो । त्यही टोलीले केही शंकास्पद मानिस र उनीसँग नजिकका मानिसको निगरानी गर्‍यो ।

सीआईबी स्रोतका अनुसार उनी एक हप्ता अघिमात्रै काठमाडौंको बूढानीलकण्ठ छिरेको सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाको आधारमा सीआईबीको टोलीले बूढानीलकण्ठ क्षेत्रको शंकास्पद क्षेत्र नै निगरानीमा राख्यो ।

मंगलबार साँझ भने सीआईबीको टोलीले उनी बसेको आशंका गरेको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो । सीआईबीको टोलीले छापा मारेको चाल पाउना साथ घरको झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । त्यही बेला उनी पक्राउ परेका हुन् ।

प्रहरीसँगको बयानका क्रममा उनले आफू तराईका विभिन्न जंगल र भारतसमेत पुगेको बताएका छन् । उनीमाथि सीआईबीको टोलीले थप अनुसन्धान अघि बढाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro