site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एफए कप चौथो चरणमा सिटीले टोटनहम र भिल्लाले चेल्सीविरुद्ध खेल्ने

काठमाडौं । एफए कपको चौथो चरणमा साविक विजेता म्यानचेस्टर सिटीले टोटनहमसँग खेल्ने भएको छ । सोमबार गरिएको ‘ड्र’बाट पेप ग्वार्डिओलाको टिम सिटीले चौथो चरणमा टोटनहमको यात्रा गर्ने भएको हो ।

यस्तै, पछिल्लो समय लयमा देखिएको एस्टोन भिल्लाले चेल्सीविरुद्ध स्टाम्फोर्ड ब्रिजमा खेल्नेछ ।

सोमबार तेस्रो चरणमा विगन एथ्लेटिकविरुद्ध २–० को जित निकालेपछि १२ पटकको च्याम्पियन म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्युपोर्ट काउन्टी वा एस्टलेहविरुद्ध खेल्नेछ ।

चौथो चरणमा फुलहमले न्युक्यासल युनाइटेडलाई आतिथ्यता प्रदान गर्दा ब्राइटनले सेफिल्ड युनाइटेडको यात्रा गर्नेछ । चौथो चरणका खेलहरू जनवरी २७–२८ मा हुनेछन् ।

आर्सनललाई यसअघि हराएको लिग लिडर लिभरपुलले चौथो चरणमा ब्रिस्टल रोभर्स वा नर्विच सिटीमध्ये एकसँग खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro