site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा सभामुख छान्न आज दिउँसो ३ बजे निर्वाचन
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।

प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ । उपसभामुख सिर्जना दनुवारले त्यसबारे बिहान ११ बजे कार्यसूची प्रकाशन गरिने जानकारी दिइन् ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।

कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ । मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro