site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीलाई माल्दिभ्सका नेताहरूले 'आतंककारी' भनेपछि चर्कियो तनाव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षद्वीप टापुको भ्रमण गरेपछि माल्दिभ्ससँगको विवाद चर्किएको छ । माल्दिभ्सका नेता एवं अधिकारीहरूले आफ्नो देशको पर्यटन भारतीय टापु लक्षद्वीपमा तान्न खोजेको आरोप लगाउँदै टिप्प्णी गरेका छन् ।

माल्दिभ्सका तीन उपमन्त्री मलशा शरीफ, मरियम शिउना र अब्दुल्ला महजुम माजिदले सामाजिक सञ्जालमा मोदीलाई ‘आतंकवादी’, ‘जोकर’ र इजरायलको भनेको काम गर्ने भन्ने किसिमका अपमानजनक टिप्पणी गरेका थिए ।

माल्दिभ्सको विदेशमन्त्रालयले ती सरकारी नभएर व्यक्तिगत टिप्पणी भएको भन्दै तीनजनै मन्त्रीलाई निलम्बन गरेको छ ।

यससँगै भारत र माल्दिभ्सबीच तनाव बढेको छ । भारतीय नागरिकहरूले माल्दिभ्स भ्रमणमा नगएर अब लक्षद्वीप जान आह्वान गरिरहेका छन् । कतिपय कम्पनीले माल्दिभ्सको भ्रमण प्याकेज नै हटाएका छन् भने, मानिसहरू माल्दिभ्स जानबाट रोकिन थालेको बताइएको छ ।

विवादकाबीच भारतीय विदेश मन्त्रालयले सोमबार माल्दिभ्सका उच्चायुक्त इब्राहिम साहिबलाई बोलाएको छ ।

तनावकै बीच चीन निकट मानिने माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँचदिने औपचारिक भ्रमणमा चीन गएका छन् ।

लक्षद्वीप भारतको केरलाको तटमा रहेको ३६ टापु मिलेर बनेको द्वीपसमूह हो । त्यहाँको पर्यटन प्रवर्धनका लागि मोदी केही दिनअघि त्यहाँ पुगेका तस्बिरहरू भाइरल भएका थिए । लक्षद्वीपमा रहेका टापु माल्दिभ्सका टापुजस्तै देखिन्छन् ।

द गार्जियनबाट ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro