विदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । योसँगै भियतनामबाट आयातित वस्तुमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो सम्झौताअनुसार भियतनामले अमेरिकी वस्तुमा कुनै शुल्क नलगाउने उल्लेख गरेका छन् ।
अमेरिकाले यसअघि भियतनामबाट आयातित वस्तुमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यो यही जुलाईको दोस्रो साता लागु हुने तय थियो ।
युरोपेली संघ र जापानसहित दर्जनौँ देश अमेरिकी भन्सार शुल्क लागु हुनुअघि व्यापार सम्झौता गर्ने प्रयास गरिरहेका छन् । भन्सार कर आयातित वस्तुमा लगाइन्छ । अर्को देशबाट वस्तु आयात गर्ने कम्पनीले त्यो कर तिर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १०:५०
प्रतिक्रिया दिनुहोस्