site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कृष्णप्रसाद सिटौला : चुनाव हारेको १३ महिनामै राष्ट्रियसभाको उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको १३ महिनामा नै नेपाली कांग्रेसका नेता कृंष्णप्रसाद सिटौला ‘माननीय’ बन्ने पक्का भएको छ । कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय बोर्डको बैठकले उनलाई उमेदवार बनाउने निर्णय गरेको हो । उमेदवार हुने पक्का भएपछि उनी प्रदेशतर्फ हिँडेका छन् ।

चुनाव हारेको कार्यकालयमा नै उमेदवार बनाउन नहुने भन्दै आलोचना भइरहेको बेला कांग्रेसले उनैलाई अघि सारेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी गएको वर्षको मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित  भएका थिए । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए ।

सिटौला २०७४ मा पनि पराजित भएका थिए । उनै सिटौला प्रतिनिधिसभाको अवधि चार वर्ष बाँकी रहँदै राष्ट्रियसभामा जान लागेका हुन् ।

Global Ime bank

सत्ता गठबन्धनको पक्षमा मतभार बलियो भएकाले उनी जित्ने निश्चितजस्तै छ । उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का जस्तै रहेको नेताहरू बताउँछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोसी प्रदेशमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता छन् । उनीहरूको कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

प्रदेशका १३७ स्थानीय तहमा एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख/उपप्रमुख छन् । यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ ।

प्रदेशसभा सदस्य र पालिकातर्फ समेत गरी एमालेको कुल मतभार चार हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

यसानुसार सत्ता गठबन्धनको कुल मतभार पाँच हजार ४८३ हुन्छ । यो मतभार एमालेको भन्दा एक हजार २६४ ले धेरै हो ।

आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका अध्यक्षसहित २० पद रिक्त हुँदै छ । एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने भएकाले १९ पदमा चुनाव हुने छ । चुनावका लागि सोमबार उमेदवारी मनोनयन हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय