site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यको उमेदवार (नामावलीसहित) 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।

कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला (सुनसरी) र अन्यतर्फ पर्शुराम अधिकारी (भोजपुर)लाई उमेदवार बनाइएको छ ।

मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी (पर्सा) र अन्यतर्फ डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई एमालेले उमेदवार बनाएको छ ।

Dabur Nepal
NIC Asia

वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकतर्फ विवेक देवकोटा (काठमाडौं) र दलिततर्फ ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा (गोरखा), अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता/अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन (मुस्ताङ)लाई उमेदवार बनाइएको छ ।

लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी (दाङ) र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री (पाल्पा)लाई उमेदवार बनाउने निणएय गरिएको छ ।

कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु) र दलिततर्फ हिक्मत विक (दैलेख)लाई उमेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता/अल्पसंख्यकतर्फ रामचन्द्र जोशी (कैलाली)लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।

एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

ewfg-1704623217.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro