site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रोचकघोचक ‘विजय चालिसेका छानिएका कथा’  

विजय चालिसे नेपाली कथा विधाका एक मुर्धन्य प्रतिभा हुन् । उनले वि.सं. २०३० मा ‘आँसुमा रुझेको जीवन’बाट कथा लेखन थालेको देखिन्छ । साहित्यिक पत्रकारिताका क्षेत्रबाट भाषासेवीका रूपमा उदाएका चालिसे पत्रकारसँगै एक स्थापित स्रष्टा हुन् । सयौँ कथाका सर्जक चालिसेका दर्जन बढी कृति प्रकाशित छन् ।

चालिसेका ‘विजय चालिसेका छानिएका कथा’ (२०८०) पछिल्लो कृति हो । कृतिमा ४३ कथा छन् । सामाजिक, सांस्कृतिक र धार्मिक विचलनले निम्त्याएको विद्रुप अवस्थालाई कथाका माध्यमबाट सचेत गराउँदै नैतिकताको पाठ पढाइएको छ । चालिसेका कथाले समाजमा देखापरेका विकृति, विसंगति, कुरीति, अन्धविश्वास, रूढिवादी आदिले निम्त्याएका विरूपताप्रति निर्मम प्रहार गरेको छ ।

Dabur Nepal
NIC Asia

बाहिर राष्ट्रवादी, भित्री रूपमा अवसरवादी सोच राख्ने दुराचारीहरूप्रति कथाकारले औँला उठाएका छन् । पञ्चायतकालदेखि गणतन्त्रात्मक राज्यव्यवस्थासम्म आइपुग्दाका मुख्य कथाहरू यस कृतिमा समावेश छ ।

चालिसेका उत्तरवर्ती चरणका कथाहरूमा शासकहरूको विद्रुप अवस्थाको चित्रण पाइन्छ ।

विजय चालिसेका कथा सरल, सरस र सहज छन् । सुगठित भाषाशैलीको प्रयोगले कथा रोचक र घोचक बन्न पुगेको छ । यद्यपि, पत्रकारी लेखनशैलीको पुट यदाकदा कथामा पाइनु चालिसेको विशेषता नै भन्नुपर्छ । विचारमा गाम्भीर्य, भावमा हृदयस्पर्शीता र अभिव्यक्तिमा स्पष्टता चालिसेका कथाको मेरुदण्ड हो ।

पञ्चायतकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुग्दाका सयौँमध्ये प्रतिनिधिमूलक कथाका रूपमा यिनै त्रिचालिस कथालाई लिइएको देखिन्छ । वैचारिक धरातलमा स्पष्ट, यथार्थमा स्फटिक र प्रहारमा स्पात बनेर अभ्युदय भएका यी कथाले लेखकको जीवनदर्शनलाई छर्लंग पार्न सफल छ ।  

(भिमाद नगरपालिका–१, तनहुँ)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro