site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी ट्वान्टी–२० विश्वकप : तीन टेस्ट राष्ट्रसँगै नेपाल समूह ‘डी’ मा 
SkywellSkywell

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । 

आईसीसीले शुक्रबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल तीन टेस्ट राष्ट्रसँगै समूह ‘डी’मा परेको हो । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालको समूहमा रहेको श्रीलंका सन् २०१४ को विश्वकप विजेतासमेत हो ।

Dabur Nepal
NIC Asia

ट्वान्टी–२० विश्वकपको नवौँ संस्करण यसै वर्षको जुन १ देखि ३० सम्म सञ्चालन हुने छ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध समूह चरणका खेलहरू खेल्ने छ ।

प्रतियोगिताको यस संस्करणमा नेपालसहित कुल २० टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रत्यके समूहबाट शीर्ष दुई टिम सुपर–८ मा प्रवेश गर्ने छन् । जसबाट शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् । 

विश्वकपका लागि आईसीसीले अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ गरी कुल नौ मैदान तय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro