site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाही तनावग्रस्त, गोली लागेका घाइतेको मृत्यु

काठमाडौं । सर्लाही तनावग्रस्त भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली नै चलाएको थियो ।

सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका थिए । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गोली लागेको थियो ।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।

मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त छ । प्रहरीले दर्जनौँ राउण्ड गोली र अश्रुग्यास पनि प्रहार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro