site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारवटा प्रदेशमा आंशिक बदली, कोसी र गण्डकीमा हिमपातको सम्भावना    
फाइल तस्बिर

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । 

विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro