site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चार्जिङ स्टेसनका लागि ‘राष्ट्रिय मापदण्ड’सहितको नीति ल्याउँदै सरकार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेसनको सन्दर्भमा नीति ल्याउने तयारी गरेको छ । नेपालमा विद्युतीय सवारी (ईभी)को प्रयोग बढ्दै गएपछि चार्जिङ स्टेसनको माग पनि बढ्दै गएको छ ।

यस्तोमा चार्जिङ स्टेसन बनाउने र त्यसको व्यवस्थापन एवं आवश्यक सहजीकरणका लागि निजी क्षेत्रलाई सजिलो हुने गरी नीति ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नविन राज सिंहले बताए ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा करिब दुई साताअघि समिति गठन भएको उनले बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले साढे एक महिनाभित्र नीतिगत तहको प्रतिवेदन बुझाउने प्रवक्ता सिंह बताउँछन् ।

“सबै चार्जिङ स्टेसनलाई एउटै ठाउँमा सिक्रोनाइज गर्न सकियो भने सूचना पनि राम्रोसँग जान्छ । कहाँ–कहाँ चार्जिङ स्टेसन छ भनेर थाहा हुन्छ । नभए सबैको आफ्नो आफ्नो एप हुने भए । कम्तीमा एउटा मास्टर एपमा गुगलमा जसरी हामीले खोज्छौँ, त्यसरी नै खोज्दा चार्जिङ स्टेसनको विवरण सबै आओस् भन्ने हाम्रो चाहना हो,” सिंहले भने ।

उनले समितिले प्रतिवेदन तयार पारिसकेपछि नीति अघि बढ्ने बताए । समितिमा रहेका नेपाल विद्युत् प्राधिकरण (एनईए)का प्रोजेक्ट म्यानेजर सागरमणि ज्ञवालीले हाल देशभर करिब २०० वटा नीजि चार्जिङ स्टेसन रहेको बताए ।

उनले चार्जिङ स्टेसनका लागि राष्ट्रिय मापदण्ड तयार पार्ने किसिमले नीति बन्ने बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंहले नीति आएपछि निजी क्षेत्रलाई पनि चार्जिङ स्टेसन सञ्चालन गर्न सहज हुने बताए ।

नीतिमा चार्जिङ स्टेसनको सबै विवरण उपलब्ध रहने एप, विद्युत् प्राधिकरणले उपलब्ध गराउने विद्युत्‌लगायत सहजीकरणको पाटो समेटिने ज्ञवालीको भनाइ छ ।

नीति अनुसार जुनसुकै निजी क्षेत्रले चार्जिङ स्टेसन बनाउन सक्ने उनले बताए ।
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro