site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंकले गर्‍यो २५३ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आईएमई बैंकले १७औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

उनले बैंक आफ्नो स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ छ । उनले लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरूलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro