site stats
बाह्रखरी :: Baahrakhari
देश
क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

काठमाडौं । प्रहरीले क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरेको छ । काठमाडौं र ललितपुरका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मंगलबार पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ललितपुर महानगरपालिका–४, वालिफलस्थित दमकल चोक र काठमाडौं महानगरपालिका–१३, चागलमा घर भाडामा लिई क्रिप्टो कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट स्रोत नखुलेको  १३ लाख ९९ हजार ९५० रुपैयाँ समेत बरामद गरिएको छ ।

५२ जना पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ चिनियाँ नागरिक उपर अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्