site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापानको भूकम्प प्रभावित क्षेत्रमा एक हजार नेपाली, सबै सुरक्षित : राजदूत सुवेदी 

काठमाडौं । जापानको भूकम्प प्रभावित क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेका छन् । जापानको टोकियोस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा एक हजारको संख्यामा नेपाली रहेका छन् ।

“अहिलेसम्म कुनै अप्रिय खबर आएको छैन । भूकम्प प्रभावित क्षेत्रमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी हामीलाई प्राप्त भएको छ,” जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बाह्रखरीसँग भने । 

सोमबार जापानको इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका भूकम्प गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई ‘२०२४ नोटो प्रायद्वीप भूकम्प’को नाम दिएको छ । सोमबारदेखि जापानमा १५५ परकम्प मापन गरिएको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ । 

Global Ime bank

राजदूत सुवेदीका अनुसार अहिले जापानमा नेपालीको संख्या एक लाख ६० हजार पुगेको छ । यीमध्ये नेपाली विद्यार्थीको संख्या ४५ हजार छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu