site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पगला घोडा’ अर्थात् साधारण मानिसका सम्बन्धको रहस्योद्घाटन 

काठामाडौं । महिला र पुरुषबीचको सम्बन्धलाई समाजले कसरी लिन्छ ? सामाजिक संरचनाले विपरीत लिंगीहरूको सम्बन्धलाई कस्तो असर पार्छ ? परिवार र समाजले हेर्ने दृष्टिकोणले सम्बन्धमा कस्तो उतारचढाव ल्याउँछ ? यो जिज्ञासा मेटाउने नाटक हो, ‘पगला घोडा’ ।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकले साधारण मानिसका सम्बन्धले भूत र वर्तमानको समय तथा समस्या देखाउँछ । कथामा चार पुरुष आत्महत्या गरेकी एक अन्जान युवतीको मलामीमा भेला हुन्छन् । युवतीसँगको आ–आफ्नो सम्बन्धको कथा भन्छन् ।

यो कथा भन्दाको चार पात्रबीचको रमाइलो र लुकाउन खोजेको तथ्य भन्न युवतीले गर्ने आग्रहको आरोह–अवरोह नै नाटकको मुख्य पक्ष हो ।

पितृसत्तात्मक समाजमा महिला र पुरुषको सम्बन्धमा महिलाको स्थान कस्तो हुन्छ भन्ने विषयमा नाटक केन्द्रित छ । नाटकले विभिन्न सामाजिक वर्गका महिला र पुरुषको मनस्थितिलाई भित्री तहमा चित्रण गर्छ ।

चार पुरुषले रक्सी पिउँदै तास खेल्दै युवतीको शवलाई चितामा जलाइरहेका छन् । रहस्यले युवतीको मृत्युलाई ढाकेको छ । जब उनीहरूले युवतीको मृत्युको कारण खोज्न थाल्छन्, उनीहरूकै विगत उघ्रिन थाल्छ । युवतीको बाल्यकाल, बढ्दो उमेर, पीडा, सुखदुःख, अनेकन् सम्बन्ध, सम्बन्धबाट अलग हुने परिस्थिति र मृत्युको रहस्योद्घाटन विस्तारविस्तार हुँदै जान्छ ।

“पगला घोडा मनोवैज्ञानिक कथा श्रेणीमा बुनिएको नाटक हो । पितृसत्तात्मक समाजमा महिलाको अधीनतालाई विशेष रूपले चित्रण गरिएको छ,” निर्देशक घनश्याम श्रेष्ठ भन्छन्, “एक युवतीको अन्त्येष्टिमा मसानघाटमा उपस्थित भएका विभिन्न क्षेत्रका चार पुरुषहरूले गरेका वाचाको वरिपरि नाटक घुमेको छ ।”

भारतमा सबैभन्दा बढी अनूदित बादल सरकारको नाटक ‘पगला घोडा’ नेपालीमा अनुवाद गरेर मञ्चन भइरहेको हो । यो नाटक साठीको दशकमा लेखिएको थियो ।

नाटकको कथा भन्न निर्देशक श्रेष्ठले प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारी र मलिका महत रोजेका छन् ।

यही पुस १२ गतेदेखि यो नाटक मञ्चन सुरु गरिएको हो । आउँदो माघ ८ गतेसम्म मञ्चन गरिने मण्डला थिएटरले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro