site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
‘आक्रमण र ह्याकिङ’ जोगाउने प्रणाली नवीकरण नगर्दा सरकारी वेबसाइट खतरामा

काठमाडौं । सोमबार अधिकांश सरकारी वेबसाइटमा समस्या देखियो । वेबसाइट खुल्ने/नखुल्ने समस्या भयो ।

सञ्चार तथा सूचना प्रविधि मनत्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)बाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनमा सोमबार समस्या आएको थियो ।

सर्भरमा अत्यधिक ट्राफिक (भिजिटर) पठाएर वेबसाइटमा पहुँच हुन नदिने एक किसिमको साइबर आक्रमणका कारण सोमबार समस्या आएको एनआईटीसीले बताएको छ ।

Dabur Nepal
NIC Asia

एनआईटीसीका सूचना अधिकारी प्रविण चौहानले यो ‘डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडोस–डीडीओएस) आक्रमण’ भएको बताए ।

यस्तो आक्रमणमा आक्रमणकारीले सर्भरमा धेरै भिजिटर पठाएर वास्तविक भिजिटरलाई उक्त वेबसाइटमा पहुँच नमिल्ने स्थिति सिर्जना गर्ने उनले बताए ।

यस्तोमा डीएनएस रिजल्भ नहुँदा विभिन्न इन्टरनेट नेटवर्कमा सरकारी वेबसाइट नखुल्ने समस्या भएको हो ।

सरकारी प्रणालीमा कसरी भयो डीडोस आक्रमण
डीएनएस सर्भरलाई डीडोस आक्रमणबाट जोगाउन विभिन्न किसिमका सुरक्षा प्रणाली हुने गर्छन् । जस्तो हामीले भाइरसबाट जोगिन एन्टीभाइरस प्रयोग गर्छौँ, त्यसरी नै विभिन्न किसिमका साइबर आक्रमणबाट जोगाउन विभिन्न प्रणाली उपलब्ध छन् ।

सर्भरलाई डीडोस आक्रमणबाट जोगाउन एनआईटीसीले आर्बर कम्पनीको डीडोस प्रोटेक्सन प्रणाली प्रयोग गर्दै आएको थियो । आर्बरको डीडोस प्रोक्टेसनको म्याद करिब चार महिनाअघि नै सकिएको सूचना अधिकारी चौहानले बताए ।

डीडोस आक्रमण हुनबाट जोगाउने प्रणाली नभएपछि आक्रमणकारीले सजिलै समस्या सिर्जना गर्न सकेको उनको भनाइ छ ।

यति मात्रै होइन सरकारी प्रणालीलाई ह्याकिङबाट जोगाउने फायरवालको म्याद समेत अब करिब २५ दिनमात्रै बाँकी रहेको चौहानले बताए । उनका अनुसार यी उपकरणको सर्पोट र लाइसेन्स नवीकरण नहुँदा समस्या आएको हो ।

डीडोस प्रोटेक्सन र फायरवाल सुविधा नवीकरण नगर्दा ह्याकिङ र फेरि पनि यस्तै समस्या सिर्जना हुने खतरा रहेको उनले बताए । 

हेटौँडामा रहेको डाटा रिकभरी सेन्टरका लागि समेत डीडोस प्रोटेक्सन र फायरवाल आवश्यक रहेको उनको भनाइ छ ।

यसका लागि आवश्यक बजेटको माग गर्दै सञ्चार मन्त्रालय एवं अर्थ मन्त्रालयलाई पटक पटक ताकेता गरिएको उनले बताए ।

एनआईटीसीअन्तर्गत नै रहेको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)बाट सबै जसो सरकारी वेबसाइटको डोमेन दर्ता, इमेलदेखि होस्टिङ सञ्चालनमा रहेको छ ।

यहाँ विभिन्न किसिमका उपहरणहरू अपग्रेड गर्नुपर्ने, थप्नुपर्नेदेखि जनशक्तिको समेत व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

एनआईटीसी खारेज गर्दै सरकार
सम्पूर्ण सरकारी डिजिटल पूर्वाधार सञ्चालनमा रहेको एनआईटीसीलाई खारेज गरेर सूचना तथा प्रविधि विभागअन्तर्गत राख्ने तयारी सरकारको छ । यसका लागि सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत निर्णय गरेको थियो ।

हालसम्म यो प्रक्रिया पूरा भने हुनसकेको छैन । सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले एनआईटीसीलाई विभागमा गाँभ्ने प्रक्रिया अघि बढिरहेको बताए । कहिलेसम्म भइसक्छ भन्ने मिति भने उनले बताएनन् ।

सरकारको महत्त्वपूर्ण डिजिटल संयन्त्रका रूपमा रहेको एनआईटीसीमा उचित जनशक्ति व्यवस्थापन एवं आवश्यक कुराहरूको आपूर्ति हुन नसकेको विभिन्न प्रणाली खतरामा पर्नसक्ने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro